देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने

देशान्तर

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए ।

गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाउँदा पाइप परीक्षण भइसकेका सबै धारा र ठाउँमा पानी पुग्नेछ ।

अरु संरचना बन्दै गरेका र परीक्षण हुन बाँकी धारामा बिस्तारै पठाउँदै जाने पनि प्रमुख शाक्यले बताए । अहिले केयूकेएलले १० करोड लिटर पानी वितरण गर्दै आएको छ । केयूकेएलबाट वितरण भइरहेको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरी २७ करोड लिटर पानी काठमाण्डौमा वितरण हुनेछ ।