देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीको आक्रमणबाट कांग्रेसका ४ जना घाइते

देशान्तर

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन ।

जिल्लाको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका हुन् ।

घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

कार्यकर्ताले उम्मेदवार बुढालगायतका कांग्रेस नेतामाथि आक्रमण गरेपछि उनीहरूको घरभित्रको अन्नपात तथा अन्य सामाग्रीमा समेत क्षति गरेको बताइएको छ ।

वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर बुढा मनोनयन दर्ता अघि माओवादीका कार्यकर्ता रहेका थिए ।

तस्वीर : इमेज खबरबाट साभार