देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

सोमबार ४ हजार २५५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।