देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ताप्लेजुङमा आगलागी : १६ लाख रुपैयाँ बराबरको क्षति

देशान्तर

काठमाडौँ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गएराति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएका बताए ।

स्वास्थ्यचौकीका इञ्चार्ज ललिता पौडेल र अहेब चित्र कला यो घरमा कोठा भाडामा बस्नुका थिए । उनिहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ ।