देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अदालतले दिएन अन्तरिम आदेश

देशान्तर

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले सिंह नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले अनलाइनखबरलाई बताए । उनले भने, ‘मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ ।’

सरकारी पक्षले अहिले अन्तरिम आदेश दिए चुनावी सुरक्षामा असर पुग्ने जिकिर गरेको थियो । वरियताक्रम मिचेर सिंहलाई आईजीपीमा बढुवा गरिएको भन्दै पहिलो वरियताका एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए ।