देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, केपी ओली हो : रामचन्द्र पौडेल

देशान्तर

भरतपुर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको बताए ।

ओली निमित्त नायक बनेको भन्दै उनले भन्दै उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृत्तिको एमाले पार्टीसित छ । केपी ओली केपी ओली हाम्रो प्रतिस्पर्धी हो, प्रचण्ड होइन म हाम्रा चितवनका साथीहरुलाई भन्न चाहन्छ ।’

कुनै एउटा दलको बहुमत नआउने र गठबन्धन सरकार बनाउनुपर्ने भन्दै उनले माओवादी केन्द्रसँग सहकार्य गर्नु परिस्थितिको उपज भएको बताए । पौडेलले अघि भने, ‘भोलि मिलेर सरकार बनाउनु छ भने स्थानीय चुनाव किन नमिल्ने
बिहीबार मात्र आफूले बागी उम्मेदवार जगन्नाथ पौडेल लगायतका नेताहरुलाई भेटेको उनले सुनाए । आफूले लामो छलफल गर्न चाहे पनि नेताहरुले हतार गरेको भन्दै उनले भने, उहाँहरुले धर्यता राख्न सक्नु भएन । चाँडै उठेर जान खोज्नुभयो । भावावेश र उत्तेजनामा असन्तुष्टि व्यक्त गरे जस्तो लाग्यो ।’