देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रेनु दाहालको विकासले गर्दा काठमाण्डौ भन्दा भरतपुरको भाउ धेरै छ : देउवा

देशान्तर

चितवन – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरपुरमा रेनु दाहालले ठूलो विकास गरेको बताए ।

चितवनको भरतपुरमा आज बिहीवार भएको संयुक्त आमसभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो पाँच वर्षको काम हेर्दा रेनु दाहाल देशकै एक नम्बर मेयर बन्न सफल भएको बताए । पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भन्दै देउवाले रेनु दाहाल एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने बताए ।

‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिए, उनलाई हराएर देशलाई के सन्देश दिने रु’, देउवाले भने।

अहिले रेनु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उनको भनाइ छ । ‘रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो उनले, धेरै कम मेयर होलान् जसको बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो’, देउवाले भने ।