देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कस्तो छ आजको मौसम ?

देशान्तर

काठमाण्डौँ । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा साथै बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको छ ।

शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उता शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।