देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय तह निर्वाचन हुने दिन आन्तरिक तर्फका उडान नहुने

देशान्तर

काठमाडौं – स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ ।
बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् ।

निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने भएको हो । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।

निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।

निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्छ ।

तर, सार्वजनिक यातायात भने चलाउन पाइँदैन ।