देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरे – वर्षमान पुन

देशान्तर

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको आरोप लगाएका छन् ।

ओलीले स्थानीय तह निर्वाचनमा राजावादी दल राप्रपासहित राप्रपा नेपालसँग समेत गठबन्धन गरेको भन्दै पुनले यस्तो टिप्पणी गरेका हुन् ।

ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप लगाउँदै उनले मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने गर्ने जिकिर गरे ।

गृहजिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’