देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज पनि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

देशान्तर

काठमाण्डौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने देशभर आंशिकदेखिसामान्य बदली रहनेछ । प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी र बाँकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती भने प्रदेश–१ लगाएत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा भने आंशिक बदली रहनेछ ।

साथै प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।