देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नार्कको ३० वर्ष : ८० बालीका ७ सय २३ जात विकास र सिफारिस

देशान्तर

काठमाडौँ – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तीस वर्षमा ८० बालीका ७ सय २३ वटा जात विकास गरेको छ । ती जात विकाससँगै किसानलाई प्रयोगका लागि सिफारिस भएका छन् । यसका साथै विभिन्न बालीवस्तुका उत्पादन तथा व्यवस्थापन प्रविधिहरु पनि सिफारिस गरिएको नार्कले जनाएको छ ।

यी प्रविधिले उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुगेको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए  । स्थानीय हावापानी, भूगोल, माटो र आर्थिक अवस्थामा आधारित उन्नत प्रविधिको प्रयोगले कृषिको दिगो विकास सम्भव रहेको र यसका लागि निरन्तर अनुसन्धान आवश्यक पर्ने उनको भनाइ छ ।

नयाँ प्रविधिको माग पनि बढ्दो छ । जलवायु परिर्वतनका कारण कृषि क्षेत्रमा देखा परेको र पर्नसक्ने असरलाई न्यूनीकरण गर्न ध्यान केन्द्रित गरेको नार्कले जनाएको छ ।
अनुसन्धानबाट विकसित सफल प्रविधि एकीकृत रुपमा खेतबारीमा पुर्याउन नार्कले प्रविधि गाउँ कार्यक्रमको सुरुवात समेत गरेको छ । सन् २०३० सम्ममा भोकमरी शून्य बनाउने तथा संविधानले उल्लेख गरेको सबैका लागि खाद्य अधिकारलाई सुनिश्चित गर्न कृषि उत्पादन र उत्पादकत्वलाई बढाउन आवश्यक रहेको कार्यकारी निर्देशक भण्डारीले बताए । त्यसका लागि हाइब्रिड जातको प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

उहाँले ५० प्रतिशत हाइब्रिड जात, ३०र४० प्रतिशत विकासे जात र १० प्रतिशत रैथाने जातको प्रयोग गर्न सकिने पनि बताए । २०४८ सालमा स्थापना भएको नार्कले आज ३१औँ वार्षिक उत्सव मनाउँदैछ ।