देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३८ हजार घुस लिने प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

देशान्तर

काठमाडौं – गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रूपनारायण महतोविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराबाट खटिएको टोलीले महतोलाई गत वैशाख ६ गते सेवाग्राहीसँग लिएको ३८ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा लेनदेनको विवाद मिलाइदिने आश्वासनमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले महतोविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।