देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेतालाई सुधार्न चुनावमा बाकस रित्तै बनाइदिनुस् : लिङदेन

देशान्तर

काठमाडौँ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई सुधार्न चुनावमा मतदानको बाकस खाली गर्नुपर्ने बताएका छन्।

आइतबार हेटौंडामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेको भए चुनावमा बाकस खाली गर्नुपर्ने बताएका हुन्। ‘तपाइहरुलाई आफ्नो पार्टीको नेता सुध्रिए हुन्थ्यो भन्ने लागेको भए यो एउटा मात्रै विकल्प हो।

चुनाव उनीहरुको बाकसलाई खाली पारिदिनुस्’,उनले भने। लिङदेनले नेपालको नेताहरु लरतरो हिसाबले नसुध्रिने भन्दै तीन तहको निर्वाचनलाई देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने धारणा राखे। उनले कांग्रेस,एमाले र माओवादी पार्टीमा देशलाई माया गर्ने नेता भए राप्रपालाई मतदान गर्नसमेत आग्रह गरे।

उनले एमालेले जनताले दिएको मतको सम्मान गर्न नसकेको टिप्पणी गरे। अध्यक्ष लिङदेनले पाँच वर्षको लागि बहुमत पाएको एमालेले धेरै खाने र थोरै खानेबीचको लडाइँले देशलाई अस्थीरतातर्फ धकेलेको बताए।

उनले नेपालमा भ्रष्टचारलाई सस्ंथागत नै बनाएको भन्दै राप्रपाले भ्रष्टचारको अन्त्य गर्ने बताए। अहिलेको लागि बलियो विकल्पको रुपमा राप्रपा आएको उनको भनाई थियो।

देशलाई दुर्घटनाबाट जोगाउनको लागि भ्रष्टचार हटाउनुपर्ने उनले जिकिर गरे ।