देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनिलको हत्या चुनावसँग सम्बन्धित छैन् : प्रहरी

देशान्तर

चितवन । अनिल परियारको हत्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१२ घर भएका अनिल परियार ‘कान कुहिए’माथि भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ अज्ञात समूहले छुरा हानेको थियो ।

छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

काँग्रेसका बागमती प्रदेश प्रतिनिधि समेत रहका उनी काँग्रेसका सक्रिय कार्यकर्ता हुन् ।

प्रारम्भिक अनुसन्धानबाट हत्या चुनावसँग सम्बन्धित नदेखिएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । एसपी अधिकारीले अहिलेसम्म चुनावसँग सम्बन्धित नदेखिएको र थप अनुसन्धान जारी राखिएको बताए ।

परियार ज्यान मार्ने उद्योग मुद्दामा जेल बसेर गत वर्ष रिहा भएका थिए ।