देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सबै मतदान केन्द्र र मतगणनास्थलमा पालको व्यवस्था गर्न आयोगको आग्रह

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न सबै पालिकालाई आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार चुनावको दिन देशभर पानी पर्ने भएपछि आयोगले पालको व्यवस्था गर्न आग्रह गरेको हो ।

‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने निर्णय भएको छ’, प्रवक्ता शालिग्राम पौडेलले भने ।

यसको समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको पनि उनले जानकारी दिए ।