देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँसहित उपत्यकामा चुनाव नसकिएसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध

देशान्तर

काठमाडौँ– काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो पालिकाको चुनावलाई ध्यान दिँदै जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका छन् ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आज मङ्गलवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका हुन् ।

जिल्लाका ६ वटै पालिकाका सुरक्षा निकायले पनि जाँड–रक्सी बिक्री वितरण र खानलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । जाँडरक्सी बिक्री गरेको, खाएको पाइए कारबाही गरिने जनाइएको छ ।

चुनावको समयमा समयमा जाँड–रक्सी खानेक्रम बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

यस्तै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज राति १२ बजेदेखि चुनाव सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री वितरण र सेवन गर्न नदिन भन्दै परिपत्र गरेको छ ।