देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ घण्टामा १३ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ८५ जनामा झरेको छ । यसबीचमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

यसैबीच पछिल्लो २४ घण्टामा ८० हजार एक सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।