देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दार्चुलामा एमालेका उम्मेदवारमाथि आक्रमण

देशान्तर

दार्चुला । दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ ।

नेकपा एमालेबाट दुहु गाउँपालिका–५ मा वडाध्यक्षको चुनाव लडेका मानसिंह बडालमाथि आक्रमण भएको दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए ।

बडाललाई उपचारका लागी धनगढीमा पठाइएको छ । उनको अनुहारमा चोट लागेको छ । मंगलबार साँझ सत्ता गठबन्धनका कार्यकर्ताका ७–८ जनाले उनलाई आक्रमण गरेका थिए ।

आक्रमणमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।