देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा बहुमतका नेता बास्तोलालाई सोधपुछपछि छाडियो

देशान्तर

काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

उनलाई देउखुरीको भालुबाङबाट आज बिहान नियन्त्रणमा लिएको र सामान्य सोधपुछ गरेर छाडिएको प्रहरीले जनाएको छ ।

बास्तोला सुर्खेतस्थित घर जाँदै गरेका थिए । त्यहीबेला उनलाई राप्ती गाउँपालिकाको भालुबाङमा प्रहरीले रोकेको थियो । बास्तोला निर्वाचन बहिस्कारको पक्षमा रहेको र उनका कार्यकर्ताहरुले विभिन्न स्थानमा निर्वाचन विरोधी गतिविधि गरेको रिपोर्टिङ प्रहरीमा आएकाले सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बास्तोलालाई सोधपुछ गरेर छाडेको जानकारी दिए ।