देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्यटनमन्त्री प्रेम आलेलाई २४ घण्टे स्पष्टीकरण

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको व्यहोरासहितको उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको छ ।

यस्तै उनले मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियो सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको पनि आरोपसहितको उजुरी आयोगमा परेको हो ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को विभिन्न दफाविरुद्ध हुने गरी के कसो भएको हो ? कारबाही किन गर्नु नपर्ने हो ? भन्ने प्रश्नसहित स्पष्टीकरण मागेको छ ।