काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ ।
आज (बिहिबार) बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहिबार दिउँसो भने प्रदेश–१, मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको छ । बिहिबार राती भने प्रदेश–१ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
त्यस्तै, प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया