देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाले गरे मतदान

देशान्तर

सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।

उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।

स्थानीय तह निर्वाचनमा मतदान गर्न सभामुख अग्निप्रसाद सापकोटा बिहीबार नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।

सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन् । उनी माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।