देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उत्साहित छु : चिरिबाबु महर्जन

देशान्तर

काठमाडौं । ललितपुर महानगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार चिरिबाबु महर्जनले आफूले जित्ने सम्भावनै सम्भावना भएको बताएका छन् ।

महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महजर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफूले जित्ने बताएका हुन् ।

‘मेरो सम्भावनै सम्भावना नै छ । अस्तिसम्म महानगरपालिकाको मेयरै थिएँ । म सार्वजनिक पदमा काम गर्दा नगरवासीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । अबको कार्यकाल अझ राम्रो गरी काम गर्छु ।’

मतदाताहरूले उम्मेदवारको विगतको क्रियाकलाप, नैतिकता, आचरण, विगतको काम पनि याद गरेर मतदान गर्नु पर्ने महर्जनले सुझाव दिए ।