देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी नेता पुन र पूर्वसभामुख घर्तीले गरे मतदान

देशान्तर

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पाको नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए ।

रोल्पामा रोल्पा नगरपालिकासहित १० स्थानीय तह छन् । माओवादी केन्द्र एक्लै तथा नेपाली कांग्रेस, नेकपा एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपाले चुनावी गठबन्धन गरेका छन् ।