देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परिवर्तनका लागि काठमाडौंका मतदाता उत्साहित पाएँ : बालेन

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेनले काठमाडौंले खोजेको परिवर्तनको सपना आज साकार हुने बताएका छन् ।

काठमाडौंको बसन्तपुर मतदान केन्द्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेनले भने, ‘यसपाली मतदाताहरु साँच्चै खुशी छन् । परिवर्तन गर्न मतदाताहरु उत्साहित भएका छन् । आज ५ बजेपछि परिवर्तन आउँछ ।’

काठमाडौंको मेयरमा ५० जना उम्मेदवार छन् । बालेन स्वतन्त्र उम्मेदवार हुन् । मतदानस्थलको अवलोकनका क्रममा वसन्तपुर पुगेका उनले आफूलाई मात्र नभई सबै स्थानीय तहमा असल मान्छेहरुलाई मत दिन आग्रह गरेको सुनाए ।