देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

देशान्तर

पोखरा । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ ।

मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।

उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् ।

गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।