देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोङमा अध्यक्षमा मनिकुमार र उपाध्यक्षमा विष्णुमाया निर्वाचित

देशान्तर

इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीनसय २२ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छिन् । उनले काँग्रेसकी कल्पना देवी खनाल (भण्डारी)लाई पराजित गर्दै भुजेल पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाएकी छिन् ।

भुजेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षको लागि प्रतिष्पर्धा गरेकी थिइन् । त्यसबेला उनी काँग्रेसकी चन्द्रकला राईसंग पराजित भएकी थिइन् ।