देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

देशान्तर

जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा(कल्पना ) विजयी भएका छन ।

रोकाया  नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतअन्तरले  पछि पार्दै विजयी बनेका हुन्  ।  उनले एक हजार  ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज चौलागाईले  एक हजार  ९ सय  १५ मत प्राप्त गरेका हुन ।

त्यस्तै, उपाध्यक्षतर्फ २  हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना)  विजयी भएकी छन  । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन ।

यस पटक तिला गाउँपालिकामा  ६ हजार ३ सय ३१ मत खसेको थियो ।