देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालेन शाहले २१ हजार मत कटाउँदा केशव स्थापित र सिर्जना सिंह धेरै पछाडि

देशान्तर

काठमाडौँ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन)शाहको अग्रता कायमै छ ।

अहिलेसम्म ५६ हजार चार सय ६१ मत गन्दा शाहले १० हजार एक सय ६३ मतको अग्रता लिइरहेका छन् ।

शाहले अहिलेसम्म २१ हजार चार सय २४ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थापितले ११ हजार दुई सय ६१ मत प्राप्त गरे । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार पाँच सय ३२ मत प्राप्त गरे।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहेका छन्। डंगोलले अहिलेसम्म २० हजार आठ सय ८८ मत प्राप्त गरेका हो । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार तीन सय ३१ मत प्राप्त गरे ।

राप्रपाकी बिनिता मगैयाले सात हजार एक सय २७ मत प्राप्त गरे।