काठमाडौं – नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ६२७ परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १५० रहेको छ।
यो अवधिमा कसैको पनि मृत्यु भएको छैन





प्रतिक्रिया