देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तुलसीपुर उपमहानगरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

देशान्तर

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका खड्का ७१ मत अन्तरले अगाडि छन् ।

हालसम्म २५ हजार ६८३ मत गणना हुँदा एमालेका खड्काले १० हजार ६०५ मत र नेपाली कांग्रेसका गिरीले १० हजार ५३४ मत ल्याएका छन् । एमालेका खड्का कांग्रेसका गिरीभन्दा ७१ मतले अघि छन् । यसअघि कांग्रेसका गिरी अगाडि थिए ।

उपमेयरमा भने एमालेकी स्यानी चौधरी गठबन्धनका उम्मेदवारभन्दा फराकिलो मतले अगाडि छिन् । उनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मतान्तर बढाउँदै गएकी छन् ।

चौधरीले ९ हजार ९१७ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ९९ मत ल्याएका छन् । चौधरी रानाभन्दा एक हजार १ हजार ८१८ मतले अगाडि छिन् ।