देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीमा गोपाल हमाल १० हजार मत अन्तरले अगाडि

देशान्तर

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मत अन्तरले अग्रता कायमै राखेका छन् । हमालले २२ हजार ५४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपालका कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन् ।

निवर्तमान मेयरसमेत रहेका वड र स्वतन्त्र उम्मेदवार हमालबीच १० हजार ९९७ मतको अन्तर छ । अब करिब १२ हजार मत मात्र गणना गर्न बाँकी  छ ।

उपमेयरमा भने मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारी पछि परेकी छन् । उपमेयरमा अधिकारीलाई पछि पार्दै नेकपा एमालेकी कन्दकला रानाले अग्रता लिएकी छन् । रानाले १७८ मतका साथ अग्रता लिएकी छन् ।

कुल ५१ हजार ६५ मत गणना गर्ने बेला रानाले १० हजार ८८० मत प्राप्त गरेकी छन् भने अधिकारीले १० हजार ७०२ मतका साथ रानालाई पछ्याइरहेकी छन् ।

स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत पाएका छन् ।