देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

देशान्तर

काठमाण्डाै । आज पनि बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले भने देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

दिउँसोसम्म पानी नपर्ने तर त्यसपछि भने पहाडी जिल्लासहित मधेस प्रदेशका केही ठाउँमा समेत पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ।

अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमी बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रिमनसुनका गतिविधि सक्रिय रहेकाले अबको केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्।