देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज सगरमाथा दिवस मनाइँदै

देशान्तर

काठमाण्डौ – आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा : ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो ।

सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ ।

यस वर्ष सगरमाथा आरोहणका लागि ३ सय २५ जनाले अनुमति लिएका थिए । सरकारले यसवर्ष आरोहण अनुमतिबापत ४९ करोड ३७ लाख रुपैयाँ दस्तुर उठाएको छ ।