देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : कमल थापा

देशान्तर

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् ।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने बताएका हुन् ।

हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ,’ उनले भने ।

पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताउँदै राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरे ।

थापाले नेपालको धरातलीय यथार्त र जनभावना अनुसार राजसंस्था पुनर्स्थापित हुनसक्ने सम्भावना शून्य भैसकेको दाबी गर्दै राप्रपाका नेता कार्यकर्तालाई भने, ‘यो अवस्थामा असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन्, राम्रा एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहन्छ ।’

अर्को प्रशंगमा अध्यक्ष थापाले अहिले हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा रहेको बताए ।

धार्मिक द्वन्द्व रोक्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गर्नुपर्ने उनको माग छ ।