काठमाडौं – होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताए ।
शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हो। हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो। जलवायु परिवर्तनमा सबै भन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै उनले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको उनले बताए। उपाध्यक्ष शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए । उनले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए ।
पहिलो कुरा जुन क्लाइमेट चेन्जको असर छ, त्यसमा प्लाष्टिकको रोल धेरै देखिएको उनले बताए । त्यो धेरै लामो समयसम्म माटोमा बसिराख्ने पनि उनले बताए । उनले भने, जसले गर्दा हाम्रो राज्यप्रति, जनता,समाजप्रति होटल क्षेत्रको जुन जिम्मेवारी हो। प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने, भएकोले कोभिडको २ वर्षमा राम्रो व्यापार हुन नसकेकोले के नयाँ गर्ने भनेर यसमा सोचेको उहाँको तर्क छ । होटलका रुमहरुलाई प्लाष्टिक फ्रि गर्ने, होटलका रुमलाई प्लाष्टिकजन्य सामानहरुबाट नयाँ विकल्प ल्याउने विषयमा अघि बढेको उनले बताएका छन् ।
जेठ १८ गतेबाट नो टू प्लाष्टिक भन्ने नारासहित काम सुरु गरिसकेको उनले बताएका छन् । उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भएपनि यसले धेरै फाइदा गर्ने बताए । उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरुको प्रयोगमा जोड दिने बताएका छन्। उनले प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने समेत उनले बताउए।
प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रमा समेत जलवायु परिवर्तनको असर अत्याधिक बढेको उनको भनाई छ।





प्रतिक्रिया