देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घनश्याम भूसाललाई स्पष्टीकरण सोध्ने एमाले सचिवालयको तयारी

देशान्तर

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई एमाले सचिवालयले स्पष्टीकरण सोध्ने भएको छ ।
अनुशासन आयोगको सिफारिसमा भूसाललाई स्पष्टीकरण सोध्ने तयारी गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक रुपमा आलोचना गरेर अनुशासन भंग गरेको भन्दै शनिबार एमाले अनुशासन आयोगले भूसाललाई कारबाहीको सिफारिस गरेको थियो ।भूसालको चिक्त बुझ्दो जवाफ नआए कारबाही गर्ने तयारी गरिएको छ ।

भूसालमाथि पार्टीका विरुद्ध, अध्यक्ष ओलीविरुद्ध, पार्टी नीतिविरुद्ध र पार्टीको महाधिवेशनविरुद्ध काम गरेको पाइएको अनुशासन आयोगले सचिवालयलाई गराएको जानकारीमा उल्लेख छ ।

अध्यक्ष ओलीको कार्यशैलीमाथि सुरुदेखि नै प्रश्न उठाउँदै आउनुभएका भूसालले गत जेठ ८ गते एक टिभी अन्तवार्तामा ओलीको आलोचना गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनमा ओलीको कार्यशैली असफल भएको उहाँको टिप्पणी थियो ।