देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढीबारेको सूचना आजैदेखि सार्वजनिक, जोखिम धेरै

देशान्तर

काठमाण्डौ । प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ ।

यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताए ।

वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ ।

कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना सार्वजनिक गरिने महाशाखाले जनाएको छ । बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन र खोला, नदी आसपासमा बसोबास गर्नेलाई सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।