देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाउँदैछ : गगन थापा

देशान्तर

काठमाडौँँ – नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताए ।

प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले दण्ड जरिबानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै टिप्पणी गरे ।

यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गरे ।

सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । अहिले प्रदेश२ को नामाकरण भइसकेको छ भने अब प्रदेश –१ को मात्रै नामाकरण बाँकी छ ।

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ । २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो ।