देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउँदै

देशान्तर

काठमाडौँ – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउने तयारी गरेको छ ।

दिउँसो एक बजे संसदमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ । नीति तथा कार्यक्रम पारित भएपछि असार एक गते बजेट ल्याउने तयारी सरकारको छ ।

आउँदो वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यस पटक बजेट घटाएर ल्याउने तयारी गरेको छ । प्रदेशको सन्तुलित विकास गर्न आउँदो आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रूपमा लिइने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

‘सडक, पुल, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्यका आयोजनाहरू सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गरिने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताए ।

आयोजना बैंक स्थापना गरी त्यही बैंकमा रहेका आयोजनाहरू मध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिने उनले बताए ।