देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा भेटियो नयाँ प्रजातिको चरा

देशान्तर

चितवन – चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।

नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको हो ।

६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहका सदस्य राजु तामाङले नयाँ प्रजातिको चराको तस्बिर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि थप अध्ययनका लागि चराविज्ञ डा। हेमसागर बरालसहितको समूह चितवन पुगेको थियो ।

विज्ञहरूले यो चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा नेपाल आएको हुनसक्ने अनुमान छ । यो चरा लजालु स्वभावको छ । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८ सय ९१ पुगेको छ ।

चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा रहेको पाइएको छ ।