देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१६ दिने शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ

देशान्तर

दाङ – दाङमा छोरी ( १६ दिने शिशु) को हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्या आरोपमा प्रहरीले राप्ती गाउँपालिका ३ मसुरीयाकी १४ वर्षीया आमालाई पक्राउ गरेको हो ।

छोरी रोएपछि स्तनपान गराएको तर रुने क्रम नरोकिएपछि छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको आमाले बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीले आज बुधवार बिहान घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र शिशुको शव भेटेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।