देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समयमा नै पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्छ : नविना लामा

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद नविना लामाले समयमा नै पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नु पर्ने बताए ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताए ।

उनले भने : ‘पाठ्यपुस्तक किन अभाव भयो रु जनक शिक्षा सामग्री केन्द्र बचाउने नाममा विद्यार्थीले कहिल्यै समयमा पुस्तक पाएनन् ।’ उनले वैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छाप्ने जिम्मेवारी अब निजी क्षेत्रलाई दिनुपर्ने बताए ।