जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादबले भोलि शुक्रबार हुन गइरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले पर्सासँग कुनै गठबंधन नभएको बताएका छन् ।
निर्वाचित पाँच जनासँगै बसेर छलफल गरी रहँदा अचानक एमालेका केही नेताहरु आउन थालेपछि आफू त्यहाँबाट उठेर हिंडेको भन्दै कहीं कोहीसँग लिखित वा मौखिक समझदारी नभएको प्रष्ट पारे । उनले केन्द्रबाट लिखित परिपत्र पठाए बमोजिम गर्नु पर्ने अडानमा आफू पहिले देखि नै कायमै रहेको बताए ।
पार्टी भित्र कुनै ब्यक्तिलाई हिरो बन्ने चाहना जागृत भएको र त्यो समस्या पर्सा एमाले भित्र पनि रहेकोले प्रतिगमनविरुद्ध गठबन्धन गरेर हामी लड्दै आएर जनताको बीचमा गई जीत हासिल गरेको कुरालाई आफुले नबिर्सेको पनि प्रष्ट पारे ।
बिहिबार देशान्तरसँग कुरा गर्दै अध्यक्ष यादवले जित्नको लागि समन्वय समितिमा अध्यक्षको उम्मेद्वारी दिएको चर्चा गर्दै आफूले मत हाल्न कसैलाई व्हिप जारी नगर्ने पनि बताए ।
नेकपा एमाले पर्सामा पनि भुसको आगो जस्तै विवाद सल्किएको छ । नाम उल्लेख गर्न नचाहने एक केन्द्रीय सदस्यका अनुसार गणीतिय हिसाबले जसपा भन्दा दोब्बर बढी संख्यामा रहेको एमाले पर्सामा सबलाई माईनस गरेर केन्द्रीय सदस्य राजकुमार गुप्ता अगाडि बढदा समस्या उत्पन्न भएको बताएका छन् ।
पार्टीको कुनै आधिकारिक निकायमा छलफलनै नगरी गुप्ताले एक्लै जसपाका ‘वान मेन हिरो’ सांसद प्रदीप यादबसँग सम्झौता गरी जिल्ला समन्वय समितिको सभापति जसपालाई दिएकोमा व्यापक असन्तुष्टी बढेको छ ।
शक्ति संतुलनको हिसावले पर्साको १० वटा एमालेको मत मध्ये राजकुमारको हातमा तीन मत रहेको बताइन्छ ।





प्रतिक्रिया