देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

देशान्तर

काठमाडौं । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ ।

गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो ।

गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९  स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।

कार्यकारी समितिमा विभिन्न मन्त्ती, सचिव र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहनेछ ।