देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसपीपीमा एमालेको गम्भीर असहमति छ : शंकर पोखरेल

देशान्तर

बुटवल – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका छन् ।

एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने उनको भनाइ छ ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने बताए । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भने, ‘एसपीपीप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलले माग गरे ।फरक प्रसंगमा महासचिव पोखरेलले हालै सम्पन्न स्थानीय चुनावमा अघिल्लो चुनावको भन्दा ८९ सिट गुमाएपनि जनमत बढाएर पहिलो पार्टी नै बनेको दावी गरे ।