देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

देशान्तर

काठमाडौँ – सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, सब–इन्जियिनर रूपक घिमिरे, लेखापाल सतेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामालाई आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि आर्थिक वर्ष २०७४र७५ मा बलेफी–तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक रूपमा उपभोक्ता समिति गठन गरेको, झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्डअनुसारको निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको आरोप छ । उनीहरूले झुटो कागजात बनाएर ३६ लाख ४९ हजार आठ सय ९९ रुपैयाँ ६३ पैसा लिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

साथै उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद वा जरिबाना गरी बिगो मागदाबीसहित विशेष अदालत काठमाण्डौमा आरोपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।