देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

याफ्टिङका क्रममा बेपत्ता सात जनाकै उद्धार

देशान्तर

पाल्पा ।  पाल्पाको  रानीमहल नजिकै कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता भएका सात जनाकै उद्धार भएको छ ।

‍हिजाे बेलुका पाैने ७ बजेतिर र्‍याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएकाे जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्धार भएको हो ।

उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्धार गरिएको हो । सेफ्टी ज्याकेट लगाएका कारण बेपत्ता सबैकाे सकुशल उद्धार भएको प्रहरीले जनाएको छ ।