देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री र मन्त्रीलाई राष्ट्रियसभाका अध्यक्षले रुलिङ गर्नुपर्छ : सांसद दिलकुमारी थापा

देशान्तर

काठमाडौं –प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरुले उठाएका सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छ न।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले राष्ट्र, राष्ट्रियता, परराष्ट्र मामिला, जनसरोकारका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुलाई दिने गरी रुलिङ गर्न अध्यक्ष तिमिल्सिनासँग माग गरेका छनुृ् ।

उनले सांसदहरुले पछिल्ला दिनमा उठाएका सवालहरुबारे प्रधानमन्त्री देउवा आफैं बेखवर रहेको भन्दै आपत्ति जनाए ।

सांसद रावलले सरकारले शैक्षिक सत्र सुरु भएको दुई महिना बढि हुँदा पनि विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा पुर्‍याउन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

सांसद रावलले मनसुन सुरु हुनु अघिनै विपद व्यवस्थापनका लागि गर्नुपर्ने तयारी समेत सरकारले नगरेको गुनासो गरे।